ads top

गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा पनि शिशुमा नकारात्मक असर पर्ने अध्ययनको निष्कर्ष

 



गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा पनि शिशुमा नकारात्मक असर पर्ने अध्ययनको निष्कर्ष


गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा शिशुमा नकारात्मक असर पर्ने अध्ययनबाट देखिएको छ । यसअघि गर्भवती महिलाले जाँड–रक्सी खाएमा शिशुमा पर्ने असरबारे चर्चा हुने गरेकोमा वैज्ञानिकहरूले गरेको अध्ययनले गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा पनि शिशुमा नकारात्मक असर पर्ने देखाएको हो ।


वैज्ञानिकहरूले गर्भाधान गर्नुभन्दा तीन महिना अघिदेखि दैनिक ५० एमएल रक्सी पिउने र कति पनि रक्सी नपिउने पुरुषका सन्तानबीच तुलना गरेका हुन् । ती शिशुका आमाहरूले भने कति पनि रक्सी पिउँदैन थिए । वैज्ञानिकहरूको अध्ययनमा रक्सी पिउने पिताका सन्तानमा तालु चिरिने, जन्मजात मुटु र पाचनसम्बन्धी समस्या बढी देखिएको छ ।


त्यस्तै रक्सी पिउने पिताका सन्तानमा व्यवहारजन्य, संज्ञानात्मक, सिकाइसम्बन्धी र ढिलो बोल्नेजस्तो समस्या पनि देखिएको अध्ययनमा संलग्न वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


वैज्ञानिकहरूले सन् २०२१ मा चीनमा पाँच लाख जोडीका सन्तानको अध्ययन गरेका थिए । जसमा रक्सी नपिउने पुरुषको तुलनामा पिउने पुरुषका सन्तानमा देखिएका समस्या साढे एक प्रतिशतले बढी थियो ।


यस्तै मानिसमा रक्सी पिएको वा नपिएको यकिन गर्न कठिन भए पनि यही वर्ष वैज्ञानिकहरूले मुसामा परीक्षण गरेका थिए । जसमा रक्सी खाएका भालेका सन्तानको अनुहारको रूपरेखा बिग्रनेदेखि हिँडडुल गर्न नमान्ने, धेरै लड्ने, सिक्न समय लगाउने जस्ता समस्या बढी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

Share on Google Plus

About Admin

Ut wisi enim ad minim veniam, quis nostrud exerci tation ullamcorper suscipit lobortis nisl ut aliquip ex ea commodo consequat. Duis autem vel eum iriure dolor in hendrerit in vulputate velit esse molestie consequat, vel illum dolore eu feugiat nulla facilisis at vero eros et accumsan et iusto odio dignissim qui blandit praesent luptatum zzril delenit augue duis.

0 comments:

Post a Comment